हेटौंडा, १ जेठ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन गरेको छ । वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको संयोजकत्वमा गठित कार्यदलमा भरत सापकोटा सहसंयोजक र चौघडा हेल्थपोष्टका प्रमुख टि एन ढुंगेल सदस्य सचिव छन् ।

कार्यदलले वडाध्यक्ष चौलागाईंको संयोजकत्वमा एक्सन टिम पनि निर्माण गरेको छ । टिममा ६ नम्बर टोल विकास संस्था वडा समन्वय समितिका संयोजक केशव धिताल, राजनीतिक दलहरुका प्रतिनिधिहरु पुष्पराज पराजुली, सोनी गुरुङ, रामहरि तिमिल्सिना, राजकुमार बास्तोला, चौघडा प्रहरी चौकीका प्रमुख, सिद्धार्थली सामुदायिक अस्पताल, २३ टोल विकास संस्थाका प्रतिनिधिहरु सदस्य छन् ।

कार्यदललाई २५ हजार रुपैयाँ पनि उपलब्ध भएको छ । स्थानीय उदय विँडारीले २ सय लिटर इन्धन, १० बोरा चामल, १ बोरा दाल उपलब्ध गराउनु भएको छ भने लिसन फार्मेसी चौघडाले संक्रमितहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
कार्यदलले वडामा संक्रमित पहिचान, स्वास्थ्य संकट समाधान र राहत, आकष्मिक सेवाहरु उपलब्ध गराउने सहसंयोजक भरत सापकोटाले बताउनु भयो ।