आरोग्य न्यौपाने
कक्षा ः ६
प्रगति मावि हेटौंडा ९ पशुपतिनगर
कोरोना भाइरस एउटा तीव्र रुपमा फैलने भाइरस हो । यसलाई कोभिड १९ पनि भनिन्छ । यो भाइरसको उत्पत्ति चीनको वुहानबाट भएको हो । यो सबैभन्दा पहिला सन् २०१९ मा देखा परेको हो । चीनबाट सुरु भएको यो भाइरसले विश्वलाई नै आतङ्कित बनाएको छ ।
अहिले कोरोना भइरसको दोस्रो प्रजाति देखा परेको छ । कोरोना भाइरस अहिले विश्वभरि फैलिरहेको छ । नयाँनयाँ किसिमका कोराना भाइरस पनि देखा पर्न थालेको छ । यस भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले महामारीको रूपमा घोषणा गरिसकेको छ । भाइसका कारण अहिले विश्वमा ३० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । कोरोनाको पहिलो लहरले युरोप र अमेरिकालाई धेरै दुःख दिएको थियो । तर अहिले दोस्रो प्रजाति देखा परेपछि दक्षिण एसियाका देशहरू बढी प्रभावित भएका छन् । भारत र नेपालमा धेरै सङ्क्रमण फैलिन थालेको छ । यो रोग बोल्दा, खोक्दा हाछ्युँ गर्दा नाक वा मुखबाट निसकने थुकका छिटाहरूबाट एक व्यक्तिबाट अर्काेमा सर्छ । कोभिड १९ को लक्षण साधारण रुघा खोकी जस्तै हुन्छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने तथा स्वाद गन्ध थाहा नहुने आदि पनि हुन सक्छन् ।
कोरोना भइरसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले हात धुने गर्नुपर्छ । धेरै मानिस भएका ठाउँमा नजाने सबेसम्म घरबाट बाहिर ननिस्कने गर्नुपर्छ । यदि घरबाट बाहिर निस्कनु परेमा राम्रोसँग मास्क लगाउनुपर्छ । व्यत्ति व्यक्तिबीचको दुरी कम्तिमा दुई मिट र वा ६ फिट बनाएर राख्नुपर्छ ।