हेटौँडा , वैशाख ३१ ।

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेसँगै तीन अस्पताललाई करीब ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन्।  

पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन्। 

अर्थमन्त्री पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने पनि बताएका छन्।  पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको बताउँदै अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताए। 

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने पनि उल्लेख गरे।