हेटौँडा , वैशाख ३१ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटो अघि बढेको र सयौ संशयहरु उब्जाएको बताए। उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे।