हेटौंडा, ३१ वैशाख ।
मकवानपुरमा आज थप १०९ जना कोरोनाका संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ५४ जना महिला र ५५ जना पुरुष रहेका छन् ।
एक सय ४३ जनाको स्वाब परीक्षण गर्दा १०९ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताउनुभयो । जसमा १३२ जनाको पिसिआरबाट परिक्षण गर्दा १०६ जना र ११ जनाको एन्टिजेनबाट परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का २३ जना रहेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिका ९ का १३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै बकैयाका २ जना, मकवानपुरगढीका ३ जना, कैलाशका १ जिल्ला बाहिरको २ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मध्येमा ६ बालबालिका रहेका छन् भने २ जना ७५ वर्ष माथीका जेष्ठ नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईको भनाई छ ।