३१ वैशाख
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अक्सिजन सिलिण्डर सङ्कलन गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको छ ।
सङ्कलन गरिएको अक्सिजन सिलिण्डरहरू जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरूमा उपलब्ध गराउने बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताउनुभयो ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी इकाइहरूबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तीहरुबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरू सङ्कलन गर्दा शुक्रबारसम्ममा १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी निरिक्षक सिलवालले बताउनुभयो ।
अक्सिजनका सिलिण्डरहरू सङ्कलन गर्ने कार्य अझै तीव्रताका साथ गरिने प्रहरीले जनाएको छ ।
स्रोतः इमेजखबर