हेटौंडा, ३१ वैशाख

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ ले समाजिक घरदैलोमै पुगेर सुरक्षा भत्ता वितरण शुरू गरेको छ । कोरोना सङ्क्रमणको जाखिमका कारण अहिले वडा कार्यालयले टोल विकास संस्थाहरूमार्फत घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरेको हो ।


बिहीबार वडा नम्बर १३ को वनस्पतीका ४ ओटा टोल विकास संस्थाका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा सदस्य सन्त बहादुर तितुङको रोहबरमा वडा कार्यालयका सचिवलगायतको टोली भत्ता वितरणका लागि टोल टोलमा पुुगेको थियो । बिहीबार जडिबुटी टोल बिकास संस्था, वनस्पति टोल विकास संस्था, नमुना टोल बिकास संस्था, साहारा टोल विकास संस्थाका लाभग्राहीलाई भत्ता वितरण गरिएको हो । सो अवसरमा संस्थाका अध्यक्षहरू ,वसन्त कुमार लामा, सूर्यबहादुर छ्ुमी, प्रेमबहादुर सुनार, अशोक हिम्डुङलगायतले सहजीकरण गर्नुभएको थियो ।


सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक, एकल महिला ,पूर्ण अपङ्गता, आंशिक अपाङ्गता तथा दलित आदिलाई गरी एक लाख,चालीस हजार, आठ सय रुपैयाँ वितरण गरिएको सहारा टोल विकास संस्थाका अध्यक्ष अशोक डिम्डुङले बताउनुभयो ।