हेटौंडा, ३० वैशाख ।
मकवानपरमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा ७ का ८७ वर्षीय र ४ का ६० वर्षीय पुरुष रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालको कोभिड कक्षमा मृत्यु भएको स्वास्थ कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सख्या ५१ जना पुगेको उहाँले वताउनुभयो ।

यसैगरि जिल्लामा पछील्लो २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
यस्तै मनहरी गाउँपालिकाका १२ जना, थाहा नगरपालिकाका ११ जना, कैलाश गाउँपालिकाका ८ जना, मकवानपुगढी गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।