हेटौंडा, ३० वैशाख ।
मकवानपुरको दश वटै स्थानीय तहमा आगामी जेठ १ बाट जिल्लाभर निषेधाज्ञा लगाइने भएको छ ।

कोरोना नियन्त्रणका लागि बैशाख ३१ गते सम्म जिल्लाका ४ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा लगाइएकोमा जेठ १ गतेबाट भने निल्लाको दश वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।


आगामी जेठ १ गतेबाट १३ गते सम्म निषेधाज्ञा लगाइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले वताउनुभयो । कोरोना संक्रमण मकवानपुरका गाउँ गाउँमा समेत फैलिएकाले जिल्लाभर निषेधाज्ञा लगाइएको जनाइएको छ ।

यसअघि बैशाख ३१ अर्थात भोलीसम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो ।