हेटौंडा, ३० वैशाख ।
मकवानपुरको भीमफेदीमा सडक निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा लोडर चालक भिमफेदी गाउँपालिका–३ का २५ बर्षीय राजेन्द्र घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
हिजो साँझ भिमफेदी गाउँपालिका वडा नम्बर–३ कैलाशडाँडा ऐनाभिरमा अनटेष्ट लोडर सडकबाट पल्टिएको थियो ।