हेटौँडा, १८ मंसिर । हेटौँडामा मंसिर अन्तिम साता २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ ।

बसामाडी जेसीजले आइतबार पत्रकार सम्मेलन गरेर मंसिर २८ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । हेटौंडा–१० स्थित स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यको प्रायोजनमा हुने प्रतियोगितामा जिल्लाभरका उत्कृष्ट टोलीले सहभागिता जनाउने जेसीज अध्यक्ष चिराग अग्रवालले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेतालाई ६५ हजार रुपैयाँ र उपविजेतालाई ३० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिता खर्च २ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।