हेटौँडा, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले दिनहुँ सरकारी कार्यालयमा अनियमितता र भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ ।

पार्टीका नेता भरत पराजुली, सभापति राजकुमार न्याैपानेलगायतका नेता कार्यकर्ताले बिहीबार पैसा लिएर मादपण्ड नपुगेका अस्पताललाई बेड थप्न दिन लागिएको स्वीकृतिमा बदमासी भएको भनेर स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीलाई ज्ञापन पत्र बुझाएको थियो भने शुक्रबार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पुगेर ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पुगेर केन्द्रबाट भइरहेको कामकाज चित्त बुझ्दो नभएको, जनताले बदमासीको आशंका गरेकाले निस्वार्थ भएर काम गर्न र सेटिङ नगर्न बुझाइएको ज्ञापन पत्र कार्यालय प्रमुख डा. अर्जुन सापकोटा नभएकाले रविकुमार महतोलाई दिइएको हो । ज्ञापन पत्रमा स्पेसलकसहितका काममा मन्त्री निमा लामाका नजिकका मान्छेलाई मात्र दिने गरेर अनेक बदमासी गरिएको विषयहरु तत्काल बन्द गर्न माग गरिएको छ ।

हेर्नुहोसे भिडियोः