कविता
-विकल्प चौलागाईं
हँसिलै छ मुहार मेरो ,आरामै छु ,ठिकठाकै छु ।
मिठो मिठो खान पाको छु , राम्रो लुगा ला,कै छु् ।
क्वारेन्टाइन मेरो लागि स्वर्ग हो ,यस भन्दा ठुलो सुख चाहिँदैन ।
किनकी यहाँ सरकारको आलोचना गर्न पाहिँदैन ।।
मैले केहि नराम्रो बोलेँ भने , मलाई त पाता फर्काएर जाक्दिन्छन् ।
पैसा हुने त सजिलै छुट्लान् , मलाई त वर्षौं झ्यालखानामा राख्दिन्छन् ।
अनि कसले लिन्छ जिम्मा , मेरो जहान-मेरो सन्तानको ?
बरु पर्वाह त थिएन मलाई , यो एक्लो ज्यानको ।
त्यसैले महाशय ! मलाई तपाईंको झुटो आश्वासन चाहिँदैन ।
यो त कम्युनिष्ट शासन हो , यहाँ गुनासो गर्न नि पाहिँदैन ।।
बरु जति तड्पिन्छु , म यहिँ बसेर तड्पिन्छु ।
जाबो १४ दिन न हो ! त्यसपछि घर फर्किन्छु ।
अनि घर फर्केर ,श्रीमतीलाई गलर््याम्म अङ्गालो हाल्नुछ अनि भक्कानीएर रुनुछ ।
न्यास्रीएर रसाएका छोराछोरीको आँशु पुछ्दै भन्नुछ ।
भो नरोउ ! म ठिक भैसकेँ ,अब हाम्लाई सरकारको आड-भरोसा केहि चाहिँदैन ।
महोदय क्यामेरा बन्द गर्नुस् !
मैले भन्ने यत्ति हो, यहाँ भन्दा बढि बोल्न पाहिँदैन ।