हेटौंडा, २९ वैशाख ।
मकवानपुर जिल्लाको चारस्थानिय तहमा गत वैशाख २० गतेबाट निषेधाज्ञा जारी छ । यससँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कडाई गरेको जनाएको छ । यसैबिच आज प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएको छ ।

मकवानपुरका बिभिन्न स्थानमा रहेको चेक प्वाईन्टबाट मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारी साधनहका कागजपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने ४ जना सवारी धनीलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाही समेत अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ । प्रहरीले दिनहुँजसो निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारवाहि गरिरहेको छ ।

यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।