हेटौंडा, २९ वैशाख ।
मकवानपुरमा आज १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गत २७, २८ र आज २९ गते संकलन गरिएको २७० जनाको स्वाव परिक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानागरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि हुने अधिकांशमा हेटौंडा उपमहानगरपालिका भित्रका १६७ जना छन् । सबैभन्दा बढि उपमहानगरपालिकाको वडा नम्वर ४ मा ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि मकवानपुरगढि गाउँपालिकाका ४ जना छन् । यस्तै भिमफेदि गाउँपालिकाका ३ जना, बागमती गाउँपालिका र मनहरी गाउँपालिकाका १ /१ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि जिल्ला बाहिरका ६जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने संक्रमणदर ६५ प्रतिशत रहेको छ । यसैगरि २ जना डेढ वर्षिय सहित ८ जना बालबालिका रहेका छन् । यस्तै ३ जना ७५ वर्ष माथिका जेष्ठनागरिक रहेका छन् ।