हेटौंडा, २९ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग, समर्पण र लगनशीलताको प्रशंसा गर्नुभएको छ । कोरोना विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको राष्ट्रपतिले प्रशंसा गर्नुभएको हो ।
उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो ।
ुविश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछुुु, उहाँले ट्वीटमा भन्नुभएको छ ।
विश्वमा हरेक वर्षको मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो । ुनर्स स् नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शनु भन्ने नाराका साथ यो वर्ष नर्सिङ दिवस मनाइँदै छ ।