हेटोंडा, २८ वैशाख ।
मकवानपुरमा आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैशाख २६ र २८ गते संकलन गरिएको १८६ जनाको स्वाव मध्ये १८० को पीसीआर परिक्षणबाट ११५ जना र ६ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ जना गरी ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित ११६ जनामध्ये डेढ बर्षिय बालक सहित १५ जना बालबालिका र ७५ बर्ष माथिका २ जना जेष्ठ नागरिक रहेका छन् ।

आज संक्रमणदर ६२ प्रतिशत रहेको जनस्वास्थय निरीक्षक चौलागाईको भनाई छ ।