हेटौंडा, २८ वैशाख ।
मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमण हुने र मृत्यु हुनेहरुको संख्यामा वृद्धि भएको छ ।
आज थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं. १० का ७६ वर्षीय जेष्ठनागरिक छन् ।
बैशाख १३ गते चितवन मेडिकल कलेजमा स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
उनलाई मृगौलाको समेत समस्या रहेको जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले बताउनुभयो ।