हेटौैँडा, १३ असोज । पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो। योसँगै डेंगु रोगबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। त्यसैगरी हालसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण भएको छ।

हाल देशभर ७७ वटै जिल्लामा डेंगु संक्रमित भेटिएका छन्।