हेटौँडा, १३ असोज । जुम्लामा स्याउ बोकेको ट्रक गएराति दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेको वाग्मति प्रदेश-०३-००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका-१ आचार्य लिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाको ज्यान गएको छ ।

यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।