हेटौँडा, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उहाँहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको हो ।
मनमाया ५ छोरामध्ये कान्छा छोरा दीपेन्द्र पाण्डेसँग सितापाइलामा बस्दै आउनु भएको थियो । उहाँका पाँच छोरा र तीन छोरी छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र र सुरेन्द्र दाजु भाइ हुनुहुन्छ ।