हेटौँडा, १३ असोज । सुनको मुल्य आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ ।
आज सुनको मुल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।