हेटौँडा, १२ असोज । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।
काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी दिनुभएको हो ।
संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उजुरीमा उल्लेख गरेका छ । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उहाँले आग्रह गर्नुभएको छ।