हेटौँडा, ११ असोज । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षा क्षेत्रमा आफ्नो व्यक्तिगत लगानी बढाउँदै लगेका छन् । हेटौँडा–५ को वडा अध्यक्षहुँदा शिक्षा र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको उनले उपमेयर भएसँगै शिक्षामा बढी जोड दिएका छन् । शिक्षाबाटै समाज रुपान्तरण र परिवर्तन सम्भव भएकोभन्दै उनले शिक्षा क्षेत्रमा लगानी बढाएको बताए ।

उनले मंगलबार हेटौँडा–५ पिप्लेस्थित बालज्योति माविलाई एकलाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम टेवल र सांस्कृतिक सामग्री खरिदका लागि सहयोग गरिएको उनले बताए । बानियाँले उक्त रकम उनले आफ्नो पारिश्रमिकबापत् उपलब्ध गराएका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत अर्यालको सभाध्यक्षता रहेको थियो । रकम हस्तान्तरण कार्यक्रममा हेटौंडा–५का वडा अध्यक्ष सुशील घिमिरेको पनि उपस्थिति रहेको थियो ।