हेटौँडा, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकबाटै संविधानमाथि अतिक्रमण गरिएको बताउनु भएको छ ।
लुम्बिनीमा आयोजित एक औपचारिक कार्यकममा उहाँले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण भएको आभाष जनताहरुले गरेको पनि बताउनुभयो ।
संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको उहाँको भनाइ छ । उहाँले संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताउनुभयो ।