हेटौँडा, १० असोज । हेटौँडामा शनिबार मिडियाको जवाफदेहिताबारे छलफल भएको छ । मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन)को आयोजना तथा पत्रकार महासंघको सहकार्यमा मिडियाहरुको जवाफदेहिता विषयक छलफल गरिएको छ ।
छलफल कार्यक्रममा संचारकर्मी, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, मानव अधिकारकर्मी, अधिवक्ता, गैसस क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा संचार क्षेत्रको काम कस्तो पाइएको छ, संचारगृहहरु जनताप्रति कतिको जवाफदेहिता रहेको छ भन्ने विषयमा छलफल गरिएको थियो ।छलफलमा सेवा प्रदायकलाई जवाफदेही बनाउन कस्तो खालको भूमिका रहने, संचार क्षेत्रको जवाफदेहिताका लागि राज्यले भावी दिनमा के गर्नुपर्छ र संचार जगतका असल अभ्यास र सुधारगर्नुपर्ने जस्ता विषयवस्तु माथी बृहत छलफल गरिएको थियो ।
कार्यक्रमलाई इह्रिकनको तर्फबाट सहजकर्ता यज्ञविक्रम शाहीले सहजीकरण गरेका थिए भने पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।