हेटौंडा, २७ वैशाख ।
जनता समाजवादि पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले देश अध्यादेशबाट चलाउनु निरंकुशतावादी सोच भएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले राष्टपति विद्यादेवि भण्डारीले केहिदिन अघि जारी गर्नुभएको अध्यादेशलाई इंगित गर्दै यस्तो बताउनुभएको हो ।

यस्ता अध्यादेशले एकतन्त्रीय शासनको उदय भएको भन्दै लोकतन्त्र धरापमा पार्ने काम भएको यादवको भनाइृ छ ।

उहाँले शिलान्यास र उद्घाटन गर्दैमा विकास गरेँ भन्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले देश निति र विधि भन्दा पनि सेटिङ्मा चलाएको आरोप लगाउनुभयो । उहाँले दुई चार वटा आँप झर्दैमा कुनै फरक पर्दैन भनेर भनिरँहदा अहिले तिनै दुई चार आँप जोगाउन नसक्दा अहिले यो स्थिति आएको उल्लेख गर्नुभयो ।