हेटौँडा, १० असोज । मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।

उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डौबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो ।

यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण दलका चार सय चार जनालाई अनुमति दिएको छ । जसमा ९७ जना महिला र तीन सय सात जना पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलमा टोली गइरहेको जनाएको छ ।