हेटौंडा, २७ वैशाख ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले राखेको विश्वासको मतको तटस्थमा बस्ने बताउनुभएको छ ।
आज संसदमा बोल्दैै ठाकुरले आफूहरू तटस्थमा बस्ने प्रस्ट पार्नुभयो । उहाँले आफ्ना हाम्रा साथी र सांसद जेलमा रहेका र मुद्दा खेपिरहेको अवस्थामा आफूहरूले कसैलाई पनि साथ दिन नसकेको बताउनुभयो ।
उहाँले संविधानमा भएका गम्भीर त्रुटीहरूका कारण अहिलेको अवस्था सिर्जना भएको जिकिर गर्दै धारा ७६ ले प्रधानमन्त्रीलाई कमजोर बनाएको बताउनुभयो ।
अध्यक्ष ठाकुरले आफूहरूको माग केही सम्बोधन गरेकोमा सरकारलाई र मागहरूमा सदासयता प्रकट गरेकोमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।