हेटौंडा, २७ वैशाख ।
मकवानपुरमा आज थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा १८६ जनाको स्वाव परीक्षणमा १११ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एन्टिजेन विधिबाट १५ जनाको परीक्षणमा ५ जना र पिसीआरमा १७१ जनामा १०६ जनामा पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभएको छ ।

संक्रमित मध्ये हेटौँडा वडा नम्बर ५ मा सबैभन्दा धेरै २९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ५४ महिला र ५७ पुरुष रहेको र संक्रमित मध्येमा ८ जना बालबालिका र २ जना जेष्टनागरिक रहेको चौलागाईले बताउनुभयो ।

आज संक्रमणदर ६० प्रतिशत रहेको बताइएको छ ।