हेटौंडा, २७ वैशाख ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अक्सिन नपाएर बिरामी मरिरहँदा टुलु टुलु हेर्ने प्रधानमन्त्रीले सदनमा उभिएर आत्मप्रशंसा गर्नु विडम्बना भएको बताउनुभएको छ ।
प्रतिनिसभाको आजको बैठकमा बोल्दै सभापति देउवाले जनता अक्सिन नपाएर मरिरहँदा टुलु टुलु हेर्ने प्रधानमन्त्रीले सदनमा उभिएर आत्मप्रशंसा गर्नु विडम्बना भएको देउवाले बताउनुभएको हो ।
तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै सभापति देउवाले छातीमा हात राखेर सोच्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
उहाँले नेपाली जनताको हेलचक्र्याइँका कारण कोरोना संक्रमणदर फैलिएको भन्ने अभिव्यक्तिले अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश प्रवाह भएको जिकिर गर्नुभयो ।
आफु काम गर्न नसक्ने तर काम गर्न दिएनन् भन्दै हिड्नु आफु असक्षम भएको कुराको पुष्टि भएको उल्ल्ेख गर्नुभयो ।