हेटौंडा, २७ वैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपि शर्मा ओलीलाई विस्वासको मत माग्ने नैतिक अधिकार नरहेको बताउनुभएको छ ।

आज संसदमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सांसदहरुसँग विस्वासको मत माग्ने अधिकार तपाईमा छ र ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष दाहालले विश्वासको मत प्राप्त गर्न नसक्ने थाहा हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीले विस्वासको मत मागेको बताउनुभएको छ । उहाँले आफुहरुले राजनितिक जोड घटाउको पक्षमा नरहेको बताउँदै विगत ३ वर्ष अघाडीको घटना नदोहोर्याउने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पहिले विस्वास गर्नु नै धोका भएकाले कुनै पनि अवस्थामा सहकार्य गर्न नसकिने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफुलाई राष्ट्रिय समस्याका रुपमा देख्न थालेको भन्दै आफु राष्ट्रिय समस्या भएको कि तपाई राष्ट्रिय समस्या भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आफुहरु एकअर्कामा भएको समस्याले देशलार्ई नै समस्या थोपर्ने काम गरेको आरोप लगाउनुभयो ।