हेटौंडा, २७ वैशाख ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आफुलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।
उहाँले सरकारले उपलव्धिमुलक काम गरेको जिकिर गर्दै समृद्ध नेपाल सुखि नेपालीको सपनालाई साकार पार्नेतर्फ सरकार लागेको बताउनुभयो । सरकारले हरेक क्षेत्रमा सफलतापुर्वक काम गरेको प्रधानमन्त्रीको दावी छ ।