हेटौंडा, २७ वैशाख । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरु आज हुने प्रधानमन्त्रीले विश्वासको मत लिने अभियानमा अनुपश्थित हुने भएका छन् ।
अहिले भर्खरै काठमाडौंको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सहभागी भएका नेपालसहितका सांसदहरुले आज हुने विश्वासको मत लिने कार्यक्रममा अनुपश्थित हुने निर्णय गरेका हुन् ।
‘बैठकमा अनुपश्थिति जनाउने निर्णय भयो, सामुहिक राजीनामाबारे मत एक छैन,’ सांसद विरोध खतिवडाले भन्नुभयो, ‘नयाँ प्रधानमन्त्री नियुक्त भएर एक महिनामा विश्वासको मत लिने कार्यमा भने सामुहिक राजीनामा दिने भन्ने सल्लाह भएको छ ।’