हेटौंडा २६ वैशाख ।
मकवानपुरमा गत २४ घण्टामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वैशाख २४, २५ र २६ गते संकलन गरिएको १९७ जना मध्य ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिनुभयो ।
आज संक्रमण देखिएकामध्य मकवानपुरका १२८ जना रहेका छन् । यसैगरि बाहिरी जिल्लाका ६ जना छन् । संक्रमित हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका मात्र १२३ जना छन् ।
हेटौँडा उपमहानगरपालिका–१ का ३ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ का २ जना, हेटौँडा–४ का ३० जना, हेटौँडा–५ का १९ जना, हेटौँडा–६ का २ जनामा संक्रमण देखिएको छ ।
यसैगरि हेटौँडा–७ का ५ जना, हेटौँडा–८ का ६ जना, ९ का १७ जना, १० का ५ जना, हेटौँडा–११ का ११ जना, हेटौँडा–१३ का २ जना, हेटौँडा–१४ का १ जना, हेटौँडा–१६ का २ जना, हेटौँडा–१९ मा १ जना र हेटौँडा वडा खुल्न नसकेको ४ जनामा संक्रमण पुष्टि भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा आज कोरोना संक्रमणदर ६८ प्रतिशत रहेको जनाइएको छ ।
आज संक्रमण पुष्टि हुने मध्ये चार जना बालबालिका छन् भने ७५ वर्ष माथिका जेष्ठनागरिक दुई जना रहेका छन् ।