हेटौँडा , वैशाख २६ ।
नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार, उक्त बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
साथै, अरु दललाई पनि मत नदिन आग्रह गरेको छ ।