हेटौंडा, २५ वैशाख ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अन्य दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताउनुभयो ।
खाणका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ ।
यसैबिच २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
शनिबार बिहान पार्टीको शीर्षस्थ नेता र संसदीय फाँटका पदाधिकारीबीच छलफल भएको थियो ।