हेटौंडा, २५ वैशाख ।
मकवानपुरमा आज एकै दिन १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिड– १९ को परीक्षणका लागि लिएको १ सय ८२ स्वावको नमूना मध्ये १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना परिक्षणका लागि स्वाब दिएका मध्यमा ७८ प्रतिशतमा संक्रमण पुष्टि देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

आज संक्रमण देखिएका मध्ये ६ जना बालबालिका रहेका छन् । यसैगरि ७५ वर्ष माथिका ४ जना जेष्ठ नागरिक छन् ।

यो संख्या मकवानपुरको एकै दिनको मध्ये सबै भन्दा बढी हो । यस पटकको संक्रमण दर पनि अहिलेसम्मको उच्च देखिएको छ । संक्रमण पुष्टि भएका मध्य अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।