हेटौंडा, २५ वैशाख ।
हेटौंडाको राप्ती खोलामा एक प्रहरी डुबेको अवस्थामा मृत फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तिखोलामा भेटिएको शव प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशवबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाल जानकारी दिनुभयो ।

उनी उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत थिए ।

आज बिहान गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।