हेटौंडा, २४ वैशाख ।
बागमती प्रदेशमा अहिलेसम्म १ लाख ६४ हजार २१० जनाले कोरोना जितेका छन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अनुसार आजसम्म प्रदेशभरी १ लाख ६४ हजार २१० जनाले कोरोना जितेका हुन् ।

प्रदेशमा कुल २ लाख १ हजार ५३ जनामा कोरोना संक्रमण देखिको छ । प्रदेशमा अहिलेसम्म १५५४ जनाको मृत्यु भएको छ भने ३५ हजार ४९९ जना उपचाररत छन् ।

यसैगरि मकवानपुर जिल्लामा आज थप १५ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेमा घरमा उपचाररत रहेका १० जना र आइसोलेसनमा उपचाररत ५ जना गरी १५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससंगै मकवानपुरमा कोरोना जित्नेको संख्या ३ हजार ९ सय ३१ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा मकवानपुरको हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुरमा अहिले १ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

जसमा १ हजार ९९ संक्रमित घरमै र ५४ जना संक्रमित हेटौंडा अस्पतालमा र गौरिटारमा आइसोलेसनमा उपचाररत छन् ।