हेटौंडा, २४ वैशाख ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका नेवारपानीमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

आज बस र ट्रक एक आपसमा ठोक्कीँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ९१४० नम्बरको बस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ४१४६ ट्रक एकापसमा ठोक्किँदा ट्रक चालकसहित १८ जना घाइते भएका हुन् ।

उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।