हेटौँडा, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक बहुमतले पारित भएको छ ।

विध्ययक मतदानबाट पारित गरिएको हो ।

आज संसदमा १ सय ९५ जना सांसद उपस्थित भएका थिए । प्रस्तावको पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए भने विपक्षमा ६० जनाले मतदान गरेका थिए । यसैगरि मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

प्रतिनिधि सभाको अर्काे बैठक भदौ ५ गते बिहान ११ बजे बस्ने छ ।