हेटौँडा, २ भदौ । मकवानपुरमा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थसहित १ जनालाई पक्राउ परेका छन् ।

प्रहरीले ३ ग्राम ५०० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थसहित हेटौँडा उपमहानगरपालिका १० न्युरेनीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौँडा ३ बस्ने राजेन्द्र कामी छन् ।

शंकाष्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले चेकजाँच गर्दा उनको साथबाट चुरोटको बट्टा भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको धुलो पदार्थ ३ ग्राम ५०० मिलिग्राम फेला परेका हो । उनीमाथि आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।