हेटौँडा, २ भदौ । मकवानपुरको मनहरीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहिबार बिहान हेटौँडाबाट नारायणगढ हिँडेको बा ०३–००१ ख २४८१ नंबरको बसले हेटौँडातर्फ आउँदै गरेको बा ०३–००५ प २६६३ नम्बरको मोटरसाईकललाई खरङ्गामा ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका वडा नंबर १ का ३३ वर्षीय गोपाल सारु रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।