हेटौँडा, २८ साउन । बागमती प्रदेशको पर्यटन प्रवद्धन गर्नका लागि युवा पदयात्रा गरिएको छ ।

प्रदेश युवा परिसद् बागमतीको आयोजनामा २२ औं अन्तराष्ट्रीय युवा दिवसको सन्दर्भमा पदयात्रा कार्यक्रम गरिएको हो । ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ दिवस मनाइँदैछ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइटोलबाट सुरु गरिएको पदयात्रा मनकामना डाँडा पुगेर गोरक्षेश्वर हुँदै हेटौँडा बजार क्षेत्रमा आइपुगेको थियो । पर्यटन प्रवद्धन गर्ने उदेश्यले पदयात्रा गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।

पदयात्रामा पर्यटन प्रवद्धन गर्ने टिसर्ट लगाएर सहभागिता जनाइएको थियो ।