हेटौंडा, २२ वैशाख ।

मकवानपुरमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का ६८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचारका क्रममा मृत्यु हुनेको सख्या ६ पुगिसकेको छ ।

यसैबिच आज जिल्लामा थप ४५ जना कोरोनाका संक्रमित थपिएका छन् । कूल ९१ जनाको कोरोना परीक्षण गर्दा १७ जना महिला २८ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिनुभयो ।

चौँलागाईका अनुसार सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ४२ जना रहेका छन् भने भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैगा गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।