हेटौंडा, २१ वैशाख ।
आगामी २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशनका लागि भोलि र बिहीवार पर्सी सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।