हेटौंडा, २१ वैशाख ।
मकवानपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ की ४१ बर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
हेटौंडा अस्पतालमा हिजो साँझ उपचारका लागि आएकी महिलाको कोरोना रिपोर्ट पाजेटिभ आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हेटौडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले जानकारी दिनुभयो ।
उनलाई कोरोना भाइरस सम्वन्धी सबै खालका लक्षण देखिएपछी साँझनै ल्याबमा कोरोना परिक्षण गरिएको थियो ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन दिनमा चार जनाको मृत्यु भइसकेको छ ।