हेटौंडा, २१ वैशाख । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटारस्थित प्रेरणा महिला समूहले मकवानपुरको मनहरीका विपन्न परिवारलाई लत्ताकपडा वितरण गरेको छ ।
समूहले मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टस्थित ४० घरका सदस्यलाई ४ सय थान लत्ताकपडा वितरण गरेको समाजसेवी ईश्वर थापाले बताउनु भयो ।