हेटौंडा, २१ वैशाख । मंगलबार बिहानै कोरोना संक्रमणबाट मकवानपुर, भक्तपुर र काभ्रेमा पाँचजनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–६ की ४१ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको र रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, भक्तपुरका २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उता, काभ्रेकै मण्डन देउपुर निबासी १ जनाको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको छ भने अर्का एक जना बनेपा वडा नम्बर १ का ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको पत्रकार मोतीराम तिमिल्सिनाले फेसबुक स्ट्याटसमा लेख्नु भएको छ ।